PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

राप्रपा अन्तर्राष्ट्रिय समन्वय समितिको तदर्थ समिति गठन 



पहिलोपोस्ट

राप्रपा अन्तर्राष्ट्रिय समन्वय समितिको तदर्थ समिति गठन 

काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन प्रवासी नेपाली एकता समाजको छाता संगठनको रूपमा अन्तर्राष्ट्रिय समन्वय समितिको तदर्थ समिति गठन गरिएको छ।

पार्टी उपाध्यक्ष वुद्धिमान तमाङको प्रमुख आतिथ्यमा भएको छलफलबाट प्रवास संगठनका संस्थापक कलेन्द्र विक्रम शाहीको अध्यक्षतामा विश्वभरि रहेका प्रवास कार्यसमितिका अध्यक्षहरू केन्द्रीय सदस्य रहने गरी समिति गठन गरिएको हो।

सबै प्रवास समितिसँग छलफल, राय सुझावपछि पदाधिकारीहरू चयन गरिने निर्णय गरिएको छ।

समितिको सहअध्यक्षमा धरम कुमार गुरूङ छन्। सबै आवश्यक कार्यहरू संगठन  संयोजन प्रवासको अनुगमन, मूल्यांकन, निर्देशनका लागि प्रवास विभागको प्रमुख विजय खड्कालाई संयोजकको जिम्मेवारी दिने निर्णय गरिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell