PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

यमपञ्चकको तेस्रो दिन आज लक्ष्मीपूजा



पहिलोपोस्ट

यमपञ्चकको तेस्रो दिन आज लक्ष्मीपूजा
तस्बिर: फाइल

काठमाडौं: यमपञ्चकको तेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदैछ। आज घर वरिपरि सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोकामा झिलिमिली बत्ती बालिन्छ।

लक्ष्मीपूजाका लागि आज बिहानैदेखि सबैले घरको सरसफाइ गरिरहेका छन्। आजको रातलाई सुखरात्रि पनि भनिन्छ। साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले पोतेर चामलको पिठो एवं अबीरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ।

सत्ययुगमा वामन अवतार भगवान् विष्णुले तीन पाउ भूमि माग्दा दानवराज बलिले भगवानलाई सन्तुष्ट पारी दानवीरको अनुपम उदाहरण प्रस्तुत गर्दै जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ, त्यहाँ लक्ष्मीले सदा बास गरुन् भन्ने वर मागेकाले त्यस दिनदेखि लक्ष्मीपूजाको महिमा सुरु भएको हो। राससको सहयोगमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell