PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

एमाले, माओवादीसहितका तीनसय कार्यकर्ता कांग्रेसमा प्रवेश 



पहिलोपोस्ट

एमाले, माओवादीसहितका तीनसय कार्यकर्ता कांग्रेसमा प्रवेश 

मोरङः प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएसँगै कार्यकर्ताहरुबीच पनि ध्रुवीकरण बढेको छ। सबै राजनीतिक दलहरु एक–अर्काका कार्यकर्ता आफूतिर तान्न लागिपरेका छन्।

यसैबीच बुधबार मोरङमा एमाले, माओवादीसहितका करिव तीन सय कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन्। कांग्रेस नेता मिनेन्द्र रिजालले एक कार्यक्रमबीच उनीहरुलाई पार्टी प्रवेश गराए। एमाले, माओवादी, संघीय समाजवादी फोरम, राजपा र राप्रपाका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन्।

नेता रिजाल मोरङ २ बाटै प्रतिनिधिसभा चुनाव लड्ने तयारीमा छन्। मोरङ २ यसअघि कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको क्षेत्र हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell