PahiloPost

Apr 2, 2026 | १९ चैत्र २०८२

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु



पहिलोपोस्ट

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

उर्लाबारी: मोरङको पथरी–शनिश्चरे नगरपालिका–१० मा करेन्ट लागेर गएराति एक महिलाको मृत्यु भएको छ।

घरमै मोबाइल चार्ज गर्नेक्रममा करेन्ट लागेर ४० वर्षीया ओमकुमारी बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिए।

करेन्ट लागेर गम्भीर घाइते उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell