PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

डोटीको बडीकेदारमा बस दुर्घटना, तीनजनाको मृत्यु, १८ घाइते



पहिलोपोस्ट

डोटीको बडीकेदारमा बस दुर्घटना, तीनजनाको मृत्यु, १८ घाइते

डोटी :  डोटीको बडीकेदार गाउँपालिका–२ खड्यौलीमा आज विहान बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। 

बर्छेनबाट धनगढी गइरहेको सुदूरपश्चिम यातायातको ना३ख ५६४८ नम्बरको बस आज बिहान दुर्घटना भएको हो।

घाइतेलाई उपचारका लागि कैलालीको धनगढी पठाइएको छ। मृतक तीनैजना बड्डीकेदार गाउँपालिका–४ का बासिन्दा रहेको स्थानीयवासीले बताएका छन्।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell