PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

किन घट्दैछन् जुम्लामा २० प्रतिशत मतदाता? यस्तो छ कारण



पहिलोपोस्ट

किन घट्दैछन् जुम्लामा २० प्रतिशत मतदाता? यस्तो छ कारण

जुम्ला :  आसन्न मंसिर १० र २१ गते सम्पन्न हुने संघ र प्रदेशको चुनावका लागि जुम्ला क्षेत्र नं २ सिंजामा २० प्रतिशत मतदाता घट्ने देखिएको छ। 

तिहारलगत्तै सिंजा भेगका सबै पुरुष जीविकोपार्जनका लागि व्यापार व्यवसाय गर्न वर्षेनी भारतीय भूमिमा जाने गरेका कारण मतदाताको संख्या घट्ने अनुमान गरिएको हो।

यो संस्कारलाई यसपटकको प्रतिनिधि सभा तथा प्रदेशको चुनावले रोक्न सक्ने अवस्था नरहेको कनकासुन्दरी गाउँपालिका–१ बुम्रमाडीचौर जुम्लाका व्यापारी भीमबहादुर भण्डारीले जानकारी दिए। 

उनले भने,‘वर्षेनी सिंजावासीलाई भारतीय भूमिमा जानु रहर नभई बाध्यता हो, चुनावका लागि रोकिनेहरु कमाउनबाट वञ्चित हुन्छन्, त्यही समस्याले उनीहरुलाई पिरोल्छ।’

चुनावका लागि पर्खिंदा रोजीरोटीको सुनिश्चितता नहुने भएकाले ५० प्रतिशत पुरुष यतिबेला बाहिरने उनको भनाइ छ। भण्डारीका अनुसार महिला, बालबालिका र ज्येष्ठ नागरिक मात्र घरमा हुन्छन्। 

कनकासुन्दरी–२ का स्थानीय मोतीलाल रावत सिंजालीहरुको आम्दानीको मुख्य स्रोत नै व्यापार भएकाले यो समय चुकाउन नहुने बताउँछन्।

 उनका अनुसार सिंजालीहरु यो याममा हिङ, सिलाजित, गलैँजा व्यापारबाट एकजनाले तीन महिनामा ९० हजारदेखि चार लाख रुपैयाँसम्म आम्दानी गर्छन्।

जुम्ला क्षेत्र नं २ मा तिला, हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिका पर्छन्। जुम्लामा कूल मतदाताको संख्या ५९ हजार ५८ रहेको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell