PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

उदयपुरका २ प्रतिशत जनतामा अझै हात्तीपाइले



पहिलोपोस्ट

उदयपुरका २ प्रतिशत जनतामा अझै हात्तीपाइले

उदयपुर :  पाँच वर्षदेखि हात्तीपाइले रोगविरुद्धको औषधि वितरण गर्ने र ख्वाउने कार्य हुँदै आएपनि अझै उदयपुर जिल्लामा दुई प्रतिशत जनतामा हात्तीपाइले संक्रमण रहेको पाइएको छ। 

जिल्ला जनस्वास्थ्य कार्यालय, उदयपुरका अनुसार पाँच वर्षदेखि प्रभावकारी रुपमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने क्रम गरिँदै आएको भए पनि अझै पनि दुई प्रतिशत जनतामा यो रोग रहेको हो। 

जिल्लाका केही स्थानमा हात्तीपाइले रोगका अझै बिरामी भेटिएपछि जिल्ला जनस्वास्थ्य कार्यालय, उदयपुरले आगामी मंसिरको पहिलो हप्तादेखि जिल्लाका मुख्य नगरपालिका कटारी, बेल्टार तथा त्रियुगा क्षेत्रमा पुनः हात्तीपाइले रोग सम्बन्धि नमूना परीक्षणसमेत गरिन लागेको जिल्ला जनस्वास्थ्य अधिकृत सागर प्रसाईँले जानकारी दिए। 

हात्तीपाइले रोगको औषधि वितरण र खुवाउने कार्यक्रम उदयपुरमा अन्त्य भए पनि अझै हात्तीपाइले रोगका बिरामी भेटिएका कारण यसपटक नमुना परीक्षण गरेर सम्बन्धित क्षेत्रमा पुनः औषधि खुवाउने अभियान सुरु गर्न लागिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell