PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

वागीश्वरीमा गरियो सामूहिक गोवद्र्धन पूजा



राजेन्द्र आचार्य

वागीश्वरीमा गरियो सामूहिक गोवद्र्धन पूजा

चितवन :  चितवनको देवघाटस्थित वागीश्वरीमा सामूहिक गोर्वद्धन पूजा गरिएको छ।गोर्वद्धनको पहाड नैं बनाएर सामूहिकरुपमा गोवद्र्धन र गाई पूजा गरिएको हो।

वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ गौ संरक्षण केन्द्रले आयोजनामा यहाँ हरेक वर्ष सामूहिक गोवद्र्धन पूजा गरिंदै आएको छ।

देवघाट क्षेत्र विकास समितिकोे क्षेत्राधिकार भित्र रहेको गौ संरक्षण केन्द्रले गाई पूजाको लागि बागीश्वरी क्षेत्रमा सरसफाईसँगै ध्वजापतासहित सिंगारेको थियो।

गौ संरक्षण केन्द्रमा स्थानीय जातका गाई संरक्षण गरिंदै आएको छ। गाई संरक्षणका लागि ट्रष्ट स्थापना गरेर विभिन्न व्यक्तिले सहयोग गरेका छन्। केन्द्रमा स्थानीय जातका १ सय ८० भन्दा बढी गाई छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell