PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

विवेकशील साझा पार्टीद्वारा थप चार जिल्लामा उम्मेदवारी घाेषणा



पहिलोपोस्ट

विवेकशील साझा पार्टीद्वारा थप चार जिल्लामा उम्मेदवारी घाेषणा

काठमाडौं :  विवेकशील साझा पार्टीले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि थप चार जिल्लामा उम्मेदवारी घोषणा गरेको छ।

पार्टीले तेश्रो चरणमा रुपन्देही, ईलाम, पर्सा र अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवारी घोषणा गरेको हो।

पार्टीले रुपन्देही क्षेत्र नम्बर दुईबाट हरिकृष्ण अधिकारीलाई उम्मेदवार बनाएको छ। अधिकारी पेशाले दन्त चिकित्सक हुन्।

त्यस्तै पर्सा क्षेत्र नम्बर एकबाट डा.महमद रज्जालाई उम्मेदवार बनाएको छ। रज्जा पनि चिकित्सक हुन्। इलाम क्षेत्र नम्बर एकबाट पार्टीले सचिन घलेलाई र अर्घाखाँचीबाट विष्णुप्रसाद मिश्रलाई उम्मेदवार बनाएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell