PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

प्रधानमन्त्रीले भने– निर्वाचनका लागि सरकारबाट सबै प्रकारको सहयोग हुन्छ



पहिलोपोस्ट

प्रधानमन्त्रीले भने– निर्वाचनका लागि सरकारबाट सबै प्रकारको सहयोग हुन्छ

काठमाडौँ :  प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन तोकिएको मितिमा सम्पन्न गर्न सरकारकातर्फबाट सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री देउवाले तोकिएको मितिमा निर्वाचन गर्न निर्वाचन  आयोगलाई आवश्यक पर्ने सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको आयोगका सचिव नवराज ढकालले जानकारी दिए। 

आगामी मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्षरूपमा सञ्चालन गर्न आयोगबाट भइरहेको तयारीप्रति सन्तोष व्यक्त गर्दै प्रधानमन्त्री देउवाले निर्धक्कसँग निर्वाचनको काममा खट्न आयोग पदाधिकारीलाई सुझाव दिए। 

भेटमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी मंसिर १० र २१ गते प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन एकैपटक दुई चरणमा गर्ने गरी आयोगले निर्वाचन कार्यतालिका मुताबिक काम गरिरहेको जानकारी गराएका थिए। 

उनले निर्वाचन कार्यक्रमअनुसार गत असोज २९ गते राजनीतिक दलकातर्फबाट व्यापक उत्साहका साथ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेश भएको प्रधानमन्त्री देउवालाई अवगत गराएका थिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell