PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

युरोपा लिग : आर्सनलको शतप्रतिशत जित, मिलान बराबरीमा रोकियो



पहिलोपोस्ट

युरोपा लिग : आर्सनलको शतप्रतिशत जित, मिलान बराबरीमा रोकियो

इंगलिस क्लब आर्सनलले युरोपको दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता युरोपा लिगमा शतप्रतिसत नतिजालाई कायम राखेको छ।

लिग अन्तर्गत गएराति भएको समूह एच'को खेलम सर्वियन क्लब रेड स्टार बेलग्रेडलाई १-० ले हराउँदै लगातार तेस्रो जित हासिल गरेको हो।

लण्डन क्लबलाई ३ अंक दिलाउन ओलिभर जिरुडले गरेको एक मात्र गोल निर्णायक बन्यो। जिरुडले ८५औँ मिनेटमा ओभरहेड किकमार्फत गोल गरे। त्यसअघि ८०औँ मिनटमा मिलान रोडिकले रातो कार्ड पाएपछि सर्वियन क्लब दश खेलाडीमा झरेको थियो।

यता अर्को इंगलिस क्लब एभरटन भने फ्रान्सेली क्लब लियोनिंग २-१ ले पारजित भएको छ। लियोनका लागि नविल फकिर र बट्राण्ड ट्राओरले गोल गरे भने एभरटनका लागि एस्ले विलियम्सले गोल गरे।

यसैगरी इटालियन क्लब एसी मिलान ग्रीक क्लब एईके एथेन्ससँग गोलरहित बराबरीमा रोकिएको छ।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell