PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

निर्वाचन सफल पार्न सबैको सहयोग आवश्यकः प्रधानमन्त्री



पहिलोपोस्ट

निर्वाचन सफल पार्न सबैको सहयोग आवश्यकः प्रधानमन्त्री

भक्तपुर :  प्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकाल अन्त्य गरी पूर्णरूपमा संविधान कार्यान्वयनको बेला आएको बताएका छन्। 

मध्यपुरथिमिस्थित शंखधर चोकमा आज राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले आयोजना गरेको नेपाल संवतका प्रर्वद्धक राष्ट्रिय विभूति शंखधर साख्वाको सालिकमा माल्यार्पण तथा सम्मान कार्यक्रममा प्रधानमन्त्रीले संविधानको पूर्ण कार्यान्वयन र संक्रमणकाल अन्त्यको चरणमा आएको बताए।

उनले भने,‘आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गरेर यसलाई पूरा गर्न सक्छौं, त्यसैले निर्वाचन सफल पार्न सबैको सहयोग रहने विश्वास लिएका छौ।’

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामाजिक सेवामा लाग्न प्रेरणा दिने नेपाल संवत्का प्रवद्र्धक साख्वाको योगदानको चर्चा गर्दै प्रधानमन्त्रीले नेपाली जनतालाई समानताको व्यवहार गर्ने साख्वाले चलाएको यो संवत् नेपालीको मौलिक संवत् भएको पनि बताए। 

कार्यक्रममा प्रधानमन्त्री देउवाले शंखधर बुलेटिन विमोचन गर्नुका साथै नरेन्द्रभक्त हाडा र देवेन्द्रकुमार मल्ललाई सम्मान गरेका थिए।

त्यसैगरी प्रतिष्ठानले गोरखा र दोलखाको चरिकोटमा शंखधर साख्वाको सालिक स्थापना गर्नका लागि सालिक हस्तान्तरण गरेको छ। 

रक्षामन्त्री भीमसेनदास प्रधानले आसन्न निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell