PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

सीमामा एसएसबीको दादागिरीः लगायो नेपालीलाई खेत खनजोतमा रोक



पहिलोपोस्ट

सीमामा एसएसबीको दादागिरीः लगायो नेपालीलाई खेत खनजोतमा रोक

कञ्चनपुर :  भारतसँग सीमा जोडिएको महाकाली नगरपालिका–८ सुन्दरनगरमा भारतीय सीमा सुरक्षा बल एसएसबीले खेत जोत्नमा रोक लगाएको छ। 

नगरपालिकाको सुन्दरनगरमा नेपाल–भारत सीमा स्तम्भ नम्बर १६ को ७९६÷१ सवपिल्लर नजिक वीरबल गुरुङले भोगचलन गर्दै आएको जग्गामा भारतीय सुरक्षा बलले खनजोत गर्नमा रोक लगाएका हुन्। 

धान काटेर खेत जोत्न थालेपछि भारतीय सीमा सुरक्षा बल एसएसबीले रोक लगाएको गुरुङले बताए। भारतीय सीमा सुरक्षा बलले खेत जोत्न रोक लगाएपछि खेत जोत्न छाडेको गुरुङले बताए। 

उनका अनुसार सोमबार एसएसबीका जवान खेत जोत्न लागेको समयमा आएर भारतीय भूमि भएको भन्दै खेत जोत्नमा रोक लगाएका थिए। 
धान रोप्दा पनि भारतीय सुरक्षाकर्मीले उनलाई धान रोप्न रोकेपछि केही समय स्थानीय र सुरक्षाकर्मीबीच विवाद भएको थियो। 

धान रोप्न रोकेको विषयमा स्थानीय प्रतिकारमा उत्रेका थिए। विसं २०२३ देखि उक्त जग्गा गुरुङले भोगचलन गर्दै आएका हुन्। खेती लगाउने समयमा भारतीय पक्षबाट खेतमै आएर खेती नगर्न भन्न थालेपछि उनी चिन्तामा परेका छन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell