PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

एकसातामा म्याग्दीको बेनीमा २३ जुवाडे पक्राउ



पहिलोपोस्ट

एकसातामा म्याग्दीको बेनीमा २३ जुवाडे पक्राउ

म्याग्दी :  प्रहरीले म्याग्दीको बेनीका जुवा घरमा छापा मार्ने क्रममा एक सातायता २३ जना जुवाडेलाई पक्राउ गरेको छ।

असोज २८ गते बेनीको पिपलचोकस्थित दिपशिखा होटलमा छापा मार्दा होटल सञ्चालक लेखनाथ शर्मासमेत सातजना पक्राउ परेका थिए भने खालबाट १३ हजार रुपैयाँ बरामद भएको थियो। 

असोज ३१ गते गलेश्वरस्थित रमेश पुनको घरमा छापा मार्दा घरधनी पुनसहित तास खेलिरहेका नौजना पक्राउ परेका थिए। 

कात्तिक १ गते स्थानीय कुमारी पुनको घरमा छापा मार्दा पुनसहित सात जनालाई तास खेल्दै गरेको बेला प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका जुवाडेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell