PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

जाजरकोटबाट सुर्खेतका लागि छुटेको बस भेरी नदीमा खस्यो, २ जनाको मृत्यु, १२ घाइते



पहिलोपोस्ट

जाजरकोट :  जाजरकोटको सिम्ता गाउँपालिकास्थित बालीखोलामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

भेरी नगरपालिका–१ रिम्नाबाट सुर्खेत गइरहेको काँक्रेबिहार यातायात समितिको मे१ख ७२२ नम्बरको बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो। 
बस भीरबाट तीन सय मिटर तल भेरी नदीमा खसेको प्रत्यक्षदर्शी पशुपति शाहीले जानकारी दिए। 

बसमा २५ जना यात्रु सवार थिए। मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell