PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

पूर्वराजा ज्ञानेन्द्र शाहले विहान १०:४५ काे साइतमा भाइ टीका लगाउने 



पहिलोपोस्ट

पूर्वराजा ज्ञानेन्द्र शाहले विहान १०:४५ काे साइतमा भाइ टीका लगाउने 

काठमाडौं :  यसवर्षको वडा दशैं सर्वसाधारणसँग नमनाएका पूर्व राजा ज्ञानेन्द्र शाहले तिहारको भाइटीका भने लगाउने भएका छन्। 

उनले सदा झैं कमलादीस्थित बहिनी शोभा राज्यलक्ष्मीदेवी शाहबाट भाइ टीका लगाउने भएका हुन्। पूर्व राजा शाहका निजी सचिव डा. फणी पाठकले दिएको जानकारी अनुसार भाइटीकाको साईत विहान १०ः४५ मा टीका लगाउन बहिनी शोभाको निवास शोभा गृह पुग्नेछन्।

तराई मधेशमा आएको बाढीलगायतको प्राकृतिक प्रकोप र आफ्नो स्वास्थ्यको गडबडीका कारण चिकित्सकको सुझाव भन्दै पूर्व राजा शाहले यसवर्षको वडा दशैंमा भने सर्वसाधारणलाई टीका लगाईदिएका थिएनन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell