PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

वीरगंजबाट १३ जुवाडे पक्राउ, पक्राउ पर्नेमा महिला पनि 



राधेश्याम पटेल

वीरगंजबाट १३ जुवाडे पक्राउ, पक्राउ पर्नेमा महिला पनि 

वीरगंज :  प्रहरीले वीरगंजको शिखर होटलबाट जुवा खेल्दै गरेका दुई महिला सहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ।

प्रहरीले शिखर होटलमा कोठा बुक गरी जुवा खेलेको आरोपमा सुनसरी प्रकाशपुरकी आकृति बस्नेत, सर्लाही, भक्तिपुरकी अनिता कार्की, कञ्चनपुर बेतकोटका रमेश भट्ट, बैतडी दशरथ नगरपालिका –८ का गगनसिंह थापा, वीरगंज–६ कुमालटोलका लक्ष्मी राम र पर्सा विन्दवासिनी–४ अमरपट्टिका मनोजकुमार चौरसियालाई पक्राउ गरेको हो।

गोप्य सूचनाको अधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले  उनीहरुलाई बुधबार राति पक्राउ गरेको हो।प्रहरीले उनीहरुको साथबाट क्यासिनोमा खेल्ने बोर्ड, क्वाइन र ४० हजार नगद बरामद गरेको छ।

त्यसैगरी प्रहरीले वीरगंज–१०  घडिअर्वा र घण्टाघर तरकारी बजारमा ७ जना जुवाडेलाई पक्राउ गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell