PahiloPost

May 16, 2026 | २ जेठ २०८३

जुवाडेलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीयबीच झडप, ६ राउन्ड हवाई फायर



राधेश्याम पटेल

जुवाडेलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीयबीच झडप, ६ राउन्ड हवाई फायर

वीरगंज :  बारामा प्रहरी र जुवाडेबीच आज विहान दोहोरो झडप भएको छ।जीतपुरसिमरा उपमहानगरपालिका–५ बकुलियामा प्रहरी र जुवाडेबीच झडप भएको हो।

राति एक बजे जुवाडेलाई समात्न प्रहरीले ६ राउन्ड हवाई फायर गर्नु परेको थियो।जुवाडेलाई नियन्त्रणमा लिई टोलबाट निस्कन लाग्दा स्थानीयले ढुंगामुढा गरेपछि झडप भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक गोविन्द कार्कीले जानकारी दिए।

स्थानीयवासीले भने प्रहरीले रातिको समयमा आएर ज्यादति गरेको आरोप लगाएका छन्। उनीहरुले प्रहरीले गर्भवती महिलासमेतलाई कुटपिट गरेको बताएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell