PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

राष्ट्रपति भण्डारीको शितल निवासमा, प्रधानमन्त्री देउवाको बालुवाटारमा भाइटीका

राष्ट्रपति भण्डारीको शितल निवासमा, प्रधानमन्त्री देउवाको बालुवाटारमा भाइटीका

रासस/पहिलोपोस्ट


काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नी बहिनी दुर्गादेवी चन्दबाट टीका लगाएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साइतमै बहिनी चन्दबाट टीका लगाएका हुन्। 

सो अवसरमा प्रधानमन्त्री देउवाले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गरे। 

संविधान कार्यान्वयनसँगै मुलुकमा स्थायी शान्ति र आर्थिक विकासतर्फ केन्द्रित हुन समेत सबै राजनीतिक दलका नेतालाई उनले आह्वान पनि गरे। 

यसैगरी राष्ट्रपति  विद्यादेवी भण्डारीले आज विहान ११ बजेर ५१ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइदिइन्। 

राष्ट्रपति निवास शीतलनिवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले टिका लगाएर भाइलाई आशिर्वाद दिँदै कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरिन्। भाइ डेगेन्द्र पाण्डेले दक्षिणा प्रदान गरेर उहाँसंग आशीर्वाद लिनुभयो । 


ट्रेन्डिङ पोस्ट

Ncell