PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

काठमाडौंको लैनचौरमा एकाबिहानै गोली चल्यो, एकजना घाइते



सविन ढकाल

काठमाडौंको लैनचौरमा एकाबिहानै गोली चल्यो, एकजना घाइते

काठमाडौँ: काठमाडौँको लैनचौरस्थित म्हपीमा आइतबार बिहानै गोली चलेको छ। महानगरीय प्रहरी बृत लैनचौरका प्रमुख डिएसपी दिपक पोख्रेलले गोली चलेको पुष्टि गरेका छन्।  

पोख्रेलले भने 'बिहानै गोली चलेको छ, अनुसन्धान भइरहेको छ।'

एक राउण्ड गोली चलेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रविन्द्र धानुकले बताए । रानीबारी बस्ने करिव २९ बर्षिय कल्याण गुरुङमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ। 

उनका अनुसार एक जनाको खुट्टामा गोली लागेको छ।  घाइतेलाई उपचारको लागि टिचिङ अस्पताल लगिएको छ । कारमा आएका व्यक्तिले स्कुटरमा सवार गुरुङलाई गोली हानेको प्रहरीले जनाएको छ ।

केही दिनअघि मात्र नयाँ बानेश्वरमा अज्ञात समूहको गोली प्रहारबाट निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell