PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

माओवादीले तय गर्‍यो प्रदेशसभाका ३३ उम्मेदवार को–को परे? हेर्नुस् सूची



पहिलोपोस्ट

माओवादीले तय गर्‍यो प्रदेशसभाका ३३ उम्मेदवार को–को परे? हेर्नुस् सूची

काठमाडौँ: माओवादी केन्द्रले प्रदेशसभा सदस्य निर्वाचनतर्फ आफ्ना उम्मेदवारको नामावली टुंगो लगाएको छ। एमालेसँग ६०/४० को भागवण्डाका आधारमा प्रदेशसभाका ३३ उम्मेदवारको नामावली माओवादीले टुंगो लगाएको हो।

७४ सिटका लागि प्रदेशसभातर्फ आज मनोनयन हुँदैछ। ७४ मध्ये अन्य दुई स्थान राष्ट्रिय जनमोर्चाले पाउनेछ । बाँकी ३९ क्षेत्रमा एमालेले उम्मेदवारी दर्ता गर्नेछ।

माओवादीले नेपाल क्रिकेट संघ क्यानका पूर्वध्यक्ष टंक आङवुहाङलाई ताप्लेजुङ (ख) बाट उम्मेदवार बनाएको छ। यसअघि उनी संविधानसभा सदस्य निर्वाचनमा पराजित भएका थिए। यस्तै, पूर्वसांसद् राधिका तामाङ नुवाकोट १(क) बाट उम्मेदवार बनेकी छन्।

बाहलवाला बिनाविभागीय मन्त्री महेन्द्रबहादुर शाही कालिकोट (ख) बाट उम्मेदवारमा सिफारिस भएका छन्। नरेश भण्डारी जुम्ला (क) बाट उम्मेदवारमा सिफारिस भएका छन्।

हेर्नुस् माओवादीका प्रदेश संसद्का उम्मेदवार 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell