PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

जिप दुर्घटनामा दार्चुलामा एक जनाको मृत्यु, एक घाइते



पहिलोपोस्ट

दार्चुला :  जिप दुर्घटना हुँदा दार्चुलामा एक जनाको मृत्यु भएको छ।खलंगाबाट मालिकार्जुनतर्फ गइरहेको से१ज ५९६ नम्बरको जिप सोतर्यौडा खोलामा दुर्घटना हुँदा महाकाली नगरपालिका–७ का २४ वर्षीय भूपेन्द्र बडूको मृत्यु भएको हो।

गम्भीर घाइते जिप चालक देवराम कोलीलाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल लगेको छ। सडकबाट एक सय मिटर तल खसेर जिप दुर्घटना भएको प्रहरीले जनाएको छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell