PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

पानीको भेलले बगाएर पोखरामा एक जना बेपत्ता



पहिलोपोस्ट

पोखरा :  पोखरामा शनिवार राति परेको मुसलधारे वर्षापछि आएको भेलले बगाएर एक जना बेपत्ता भएका छन्।

पोखरा लेखनाथ महानगरपालिका १६ लामाचौरबाट मोटरसाईकलमा बगरतर्फ गइरहेका पिजन पुन भेलले बगाएर बेपत्ता भएका हुन्।

उनी उपल्लोदीपको गोर्खा बोर्डिङ स्कूल नजिक नालीमा खसेका थिए। घाइते एक जना उपचारपछि घर फर्केका र पुन बेपत्ता भएका प्रहरीले जनाएको छ। प्रहरी र स्थानीयले पुनको खोजिगरिरहेका छन्।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell