PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

चन्द्रागिरिबाट ११ जुवाडे पक्राउ



पहिलोपोस्ट

चन्द्रागिरिबाट ११ जुवाडे पक्राउ

काठमाडौ :  प्रहरीले उपत्यकाबाट ११ जना जुवाडेलाई पक्राउ गरेको छ। शनिवार साँझ चन्द्रागिरि नगरपालिका वडा ८ मातातिर्थका माधव केसीको घरबाट प्रहरीले ११ जनालाई पक्राउ गरेको हो। 

 प्रहरी निरीक्षक केशवराज भट्टको कमान्डमा महानगरीय प्रहरी प्रभागवाट खटिएको टोलीले केसीको घरमा छापा हान्दा ११ जनालाई कौडा खेलिरहेको अवस्थामा फेला पारेको थियो। 

प्रहरीले जुवा खालबाट कौडा र ७५ हजार ८२५ रुपैयाँसमेत बरामद गरेको छ। पक्राउ पर्नेमा माधव केसी, विष्णु रिजाल, अच्युत रिजाल, गोपाल पाठक, पाण्डव रिजाल, केशव राउत, गोपाल पाठक, दीपक वानिया, प्रकाश मगरलगायत छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell