PahiloPost

Aug 7, 2025 | २३ साउन २०८२

रणबिर सिंहको मुख्य भूमिकामा 'सिंह इज किङ'को सिक्वेल 'शेर सिहं' बन्ने



पहिलोपोस्ट

रणबिर सिंहको मुख्य भूमिकामा 'सिंह इज किङ'को सिक्वेल 'शेर सिहं' बन्ने

सन् २००८ मा सार्वजनिक बलिउड सिनेमा 'सिंह इज किङ'को सिक्वेल बन्ने भएको छ। सिनेमाको सिक्वेलको नाम 'शेर सिंह' रहने बलिउड हंगामाले जनाको छ। अक्षय कुमार र कट्रिना कैफ स्टारर सिनेमाको सिक्वेलमा कलाकार भने दोहोरिने छैनन्।

'शेर सिंहमा' प्रमुख भूमिका अभिनेता रणबिर सिंहको रहने जनाइएको छ। एक्शन कमेडी जनराको सिनेमाको सिक्वेल बनाउने बारे बलिउड निर्माता शैलेन्द्र सिंहले केही वर्ष अघि नै घोषणा गरेपनि थप जानकारी सार्वजनिक भएको थिएन। बलिउड हंगामासँगको कुराकानीमा उनले सिंह इज किङ कै सिक्वेल बनाउने जानकारी दिएपनि प्रिक्वेल निर्माता विपुल शाह नामसँग सहमत नभएको जानकारी समेत दिएका छन्।

शैलेन्द्रले रणबिरलाई सिनेमाको १० पाना लामो कथा पनि पठाएर मुख्य भूमिकाको लागि अफर गरेको जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell