PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

कोलकातामा नेपाल भवन बनाइने, नेपाली वेलफेयर ट्रष्टले पहलकदमी लिने



पहिलोपोस्ट

काठमाडौं :  भारतको कोलकातामा नेपाल भवन बनाइने भएको छ। कोलकातामा रहेका नेपालीहरुको संस्था भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्च कोलकाताबाट स्थापित संयुक्त नेपाली वेलफेयर ट्रस्टको पहलकदमीमा नेपाल भवन बनाइन लागकोे हो।

नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले कोलकातामा नेपाल भवनको अत्यन्त आवश्यकता रहेकाले त्यसका लागि दूतावासका तर्फबाट आवश्यक सहयोग दिलाइने आश्वासन दिए। 

ट्रस्टका संयोजक खिमराज बरालले कोलकाता र कोलकाता वरिपरि रहने नेपाली मिलेर लिएको केही जमिनमा नेपाल भवन बनाइने बताउँदै रकमका लागि चन्दा तथा देउसीभैलो कार्यक्रम गरिएको जानकारी दिए। 

लक्ष्मीपूजाका दिन आयोजित देउसीभैलो कार्यक्रममा ट्रष्टका सहसंयोजक नारायणप्रसाद होमागाईँले नेपालीहरु विदेशमा रहेर पनि आफ्नो परम्परा र संस्कृतिको रक्षा गर्दै नेपाली समुदायबीच आफ्नो पहिचानको मूल्यबोध जगाउने र अन्य समुदायबीच पनि त्यसको प्रचारप्रसार गरिरहेको बताए।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell