PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

लुम्बिनी अञ्चल अस्पतालमा ५ जना कालाजारका बिरामी फेला, एकको मृत्यु



पहिलोपोस्ट

लुम्बिनी अञ्चल अस्पतालमा ५ जना कालाजारका बिरामी फेला, एकको मृत्यु

बुटवल :  लुम्बिनी अञ्चल अस्पताल बुटबलमा  कालाजारका बिरामी फेला परेका छन्। बाहिरी जिल्लाबाट उपचार गर्न लुम्बिनी अञ्चल अस्पताल आएका मध्ये ५ जना कालाजारका बिरामी फेला परेका अस्पतालले जनाएको छ। 

उपचार गर्न आएका मध्ये एक जनाको मृत्यु भएको अस्पतालका मेडिकल रेकर्ड अधिकृत  लक्ष्मीराज रेग्मीले जानकारी दिए। कालाजारबाट प्यूठानको हरजंग गाउपालिकाकी ५० वर्षीय महिलाको मृत्यु भएको हो।

सरकारले यसअघि नारायणी पश्चिममा कालाजारका बिरामी नभएको घोषणा गरेको थियो। सरकारले यो रोगको उपचार निःशुल्क गर्ने गरेको छ । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell