PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

रानी मुखर्जीका बुवा राम मुखर्जीको निधन



पहिलोपोस्ट

रानी मुखर्जीका बुवा राम मुखर्जीको निधन

बलिउड अभिनेत्री रानी मुखर्जीका बुवा राम मुखर्जीको निधन भएको छ। ८४ वर्षिय सिनेमाकर्मीको आइतबार बिहान ५ बजे मुम्बईमा निधन भएको हो।

बिहान एक्कासी ब्लड प्रेसर लो भएपछि उनलाई ब्रिच क्यान्डी हस्पिटल पुर्याइएको थियो।

छोरी रानी अभिनयका कारण चर्चामा रहेपनि राम मुखर्जीको बलिउडमा योगदान उल्लेखनिय रहेको छ। बलिउड हंगामाले जनाए अनुसार मुखर्जी मुम्बईको फिल्मालय स्टुडियोको संस्थापक सदस्य हुन्। उनी बलिउडमा निर्माता, सिनेमा लेखक र निर्देशकको रुपमा पनि काम गरेका थिए। रानी मुखर्जीको बंगाली डेब्यु सिनेमा बियर फूल सन् १९९६ मा निर्माण तथा निर्देशन गरेका थिए भने रानीको बलिउड डेब्यु सिनेमा 'राजाकी आएगी बारात' सन् १९९७ मा निर्माण गरेका थिए। उनको सिनेमा 'हम हिन्दुस्तानी' हिट भएको थियो।

केही समयदेखि अस्वस्थ राम मुखर्जीको अन्तिम संस्कार आइतबार दिउँसो पवन हंशमा हुने इन्डियन एक्सप्रेसमा जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell