PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

सेना प्रमुखको विश्व सम्मेलनमा भाग लिन प्रधानसेनापति क्षत्री अमेरिका प्रस्थान



पहिलोपोस्ट

सेना प्रमुखको विश्व सम्मेलनमा भाग लिन प्रधानसेनापति क्षत्री अमेरिका प्रस्थान

काठमाडौँ :  प्रधानसेनापति राजेन्द्र क्षत्री अमेरिका प्रस्थान गरेका छन्।

अमेरिकाको सशस्त्र फौजको संयुक्त टोलीका अध्यक्ष जेसेफ एफ डुनफर्डको निमन्त्रणामा वासिङ्टन डिसीमा सोमबारदेखि आयोजना हुने हिंसात्मक अतिवादी संगठनबाट आउनसक्ने चुनौती सामना गर्नेसम्बन्धी सेना प्रमुखको विश्व सम्मेलनमा भाग लिन गएराति त्यसतर्फ प्रस्थान गरेका हुन्। । 

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले बिदाई गरेका थिए। 

प्रधानसेनापति क्षत्रीको अनुपस्थितिमा बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हालेका सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। प्रधानसेनापति क्षत्री कात्तिक ९ गते स्वदेश फर्किने कार्यक्रम छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell