PahiloPost

Aug 7, 2025 | २३ साउन २०८२

ओलीको दाबीः आगामी निर्वाचनमा वामपन्थी शक्तिको विजय सुनिश्चित  



पहिलोपोस्ट

ओलीको दाबीः आगामी निर्वाचनमा वामपन्थी शक्तिको विजय सुनिश्चित  

काठमाडौँ : नेपाल लोकतान्त्रिक फोरमका तत्कालीन महामन्त्री तथा पूर्वराज्यमन्त्री मुस्ताक आलम आज नेकपा एमालेमा प्रवेश गरेका छन्। 

पार्टीका अध्यक्ष केपी ओलीले बालकोटमा उनलाई स्वागत गर्दै आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वामपन्थी शक्तिको विजय सुनिश्चित रहेको बताए। 

मुलुकको राष्ट्रियता संरक्षणका लागि एमालेले विगतमा निर्वाह गरेको भूमिकाका कारण अहिले पार्टीमा विभिन्न दलका नेता तथा कार्यकर्ताको प्रवेशको लहर चलेको उनले विचार व्यक्त गरे। 

उपाध्यक्ष वामदेव गौतमले पार्टीले लिएका सिद्धान्त र वैचारिक दृष्टिकोणले जनताको स्वाभिमान र राजनीतिक अधिकारलाई सुरक्षित गरी देशलाई आर्थिक समृद्धितर्फ लैजानसक्ने बताए। 

पूर्वराज्यमन्त्री आलमले मुलुकमा भएका विभिन्न परिवर्तनमा एमालेले लिएको नेतृत्व र राष्ट्रिय अखण्डतामा पार्टीले लिएको प्रष्ट दृष्टिकोणका कारण आफू एमालेमा प्रवेश गरेको बताए।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell