PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

पाकिस्तानमा सुरक्षा कारबाहीमा आठ लडाकुको मृत्यु



पहिलोपोस्ट

पाकिस्तानमा सुरक्षा कारबाहीमा आठ लडाकुको मृत्यु

इश्लामावाद: पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा प्रहरीको कारबाहीमा आठ जना लडाकुको मृत्यु भएको छ।

अर्धसैनिक सुरक्षा बल तथा आतङ्कवाद विरोधी प्रहरी विभागले वाल्डिया बजार क्षेत्रमा आतङ्ककारी लडाकु लुकेर बसेको भन्ने सूचनाको आधारमा चलाएको संयुक्त खानतलासीका क्रममा विद्रोहीले गोली चलाएपछि दोहोरो भीडन्त भएको अर्धसरकारी बलका स्थानीय प्रवक्ताले बताए।

सुरक्षाकर्मीले विद्रोही लुकेको ठाउँलाई घेराहाली आतङ्कवादी समूहका लडाकुलाई नियन्त्रणमा लिने क्रममा तीन जना सुरक्षकर्मीसमेत घाइते भएका बताइएको छ।

मृतक विद्रोहीको परिचय भने अझै खुलिनसकेको बताइएको छ। रातिको समय भएकाले केही विद्रोही भने भाग्न सफल भएका प्रहरीले जनाएको छ। उक्त स्थानबाट विद्रोहीले प्रयोग गर्दै आएका विस्फोटक पदार्थ तथा केही बन्दोबस्तीका सामानसमेत नियन्त्रणमा लिइएको छ। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell