PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

चीनले नाइट्रिक अक्साइडको उत्सर्जनलाई नियन्त्रण गर्ने



पहिलोपोस्ट

चीनले नाइट्रिक अक्साइडको उत्सर्जनलाई नियन्त्रण गर्ने
फोटो श्रोतः chinadialogue.net

बेइजिङ :  बेइजिङले यस वर्षको जाडो याममा उत्पादन हुने एक हजार ८०० टन नाइट्रिक अक्साइड उत्सर्जनमा कमी ल्याउने जनाएको छ। 

नाइट्रिक अक्साइड उत्सर्जनलाई प्रतिघनमिटर १६ मिलिग्रामका दरले घटाउन बेइजिङले कम नाइट्रोजन नियन्त्रण प्रविधिमार्फत नाइट्रिक अक्साइड उत्सर्जन गर्ने स्रोतलाई अद्यावधिक गरेको छ। 

बेइजिङ वातावरण नियन्त्रण विभागका अनुसार बेइजिङले चार वर्षमा प्रतिघण्टा २४ हजार ४०० टन पानी तताउने कोइलाको प्रयोगलाई हटाइसकेको छ। 

कोइलाको सट्टा प्रयोग भएको ग्यासजन्य इन्धनको कम नाइट्रोजन उत्सर्जन प्रविधिले प्रतिघण्टा झण्डै १० हजार टन पानी तताउने गर्छ जसले पछिल्लो चार वर्षमा यसको प्रयोगबाट ठूलो मात्रामा वातावरणमा हुने गरेको उष्णताको मात्रामा कम गरेको विभागले जनाएको छ। 
चीनको उत्तरी क्षेत्रमा जाडो याममा वायु प्रदुषणको मात्रा अत्यधिक हुने गर्छ।

उत्तरमा उद्योग तथा यातायातका साधनबाट निस्कने प्रदुषित हावा, कोइलाको प्रयोगबाट निस्कने प्रदुषण नै जाडो याममा वातावरणलाई तताउने प्रमुख स्रोतहरू हुन्। रासस÷सिन्ह्वा

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell