PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

चलचित्र विकास बोर्डका अध्यक्षको उपस्थितिमा फिल्म विद्यार्थीको ग्र्याजुएसन



पहिलोपोस्ट

चलचित्र विकास बोर्डका अध्यक्षको उपस्थितिमा फिल्म विद्यार्थीको ग्र्याजुएसन

काठमाडौं: चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष रामचन्द्र ढकालको प्रमुख आतिथ्यमा ३९ फिल्म विद्यार्थीको ग्र्याजुएशन भएको छ। कान्तिपुर फिल्म एकेडेमीले समारोह आयोजना गरी पहिलो ब्याचका विद्यार्थीहरुलाई ग्र्याजुएट गरेको हो।

अभिनयतर्फको विधामा १३ जना, फिल्म मेकिङ विधामा ९ जना तथा सिनेमाटोग्राफि विधामा १८ जना विद्यार्थी पास आउट भएका हुन्। फिल्म सम्बन्धी विभिन्न विधामा अन्तराष्ट्रिय स्तरको शिक्षा दिने उदेश्यले खोलिएको कान्तिपुर फिल्म एकेडेमिको ग्र्याजुएसन समारोहमा विद्यार्थीहरु निर्मित तथा निर्देशित छोटा फिल्महरु पनि प्रर्दशन गरियो।

चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष तथा सुचना तथा संचार मन्त्रालयका सह सचिव रामचन्द्र ढकालले भने,'नेपाली फिल्म उद्योगको बिकासमा फिल्म अध्ययनको महत्वपूर्ण भूमिका रहन्छ। फिल्म शैक्षिक पाठ्यक्रममा अट्नु साँच्चै सुखद कुरा हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell