PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

गृहसचिवमा मोहनकृष्ण सापकोटा, शंकर अधिकारीलाई अर्थमा सरुवा



पहिलोपोस्ट

गृहसचिवमा मोहनकृष्ण सापकोटा, शंकर अधिकारीलाई अर्थमा सरुवा

काठमाडौँ : गृहसचिव लोकदर्शन रेग्मी मुख्यसचिवमा बढुवा भएपछि सरकारले गृहसचिवमा मोहनकृष्ण सापकोटालाई सरुवा गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले सापकोटालाई गृहमा सरुवा गरेको हो। 

सापकोटा सामान्य प्रशासन मन्त्रालयमा सचिव थिए। गृहमन्त्री जनार्दन शर्माले यसअघि नै गृहमा ल्याउने तयारी गरे पनि उनको सरुवा रोकिएको थियो।

यस्तै, मुख्यसचिवमा दाबी गरिरहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शंकरप्रसाद अधिकारीलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ। मुख्यसचिव नपाए अर्थमा जान पाउनुपर्ने दाबी अधिकारीले गर्दै आएका थिए। अर्थमा जान दर्जनभन्दा बढी सचिव आकांक्षी थिए। 

रिक्त सामान्य प्रशासन मन्त्रालयको सचिवमा क्षेत्रीय प्रशासन कार्यालय हेटौँडाका रेश्मीराज पाण्डेलाई पदस्थापन गरिएको छ।

अर्थसचिव शान्तराज सुवेदीले कात्तिक २ गतेदेखि अवकाश पाएका थिए। शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले पनि सोही मितिबाट अवकाश पाए पनि सचिव पदस्थापन भएको छैन।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell