PahiloPost

Apr 3, 2026 | २० चैत्र २०८२

सिरहाको कर्जन्हामा हत्या गरिएको अवस्थामा बालकको शव फेला पर्‍यो



पहिलोपोस्ट

सिरहाको कर्जन्हामा हत्या गरिएको अवस्थामा बालकको शव फेला पर्‍यो

लहान : सिरहाको कर्जन्हा–२ बन्दीपुरबाट तीन दिनअघि हराएका एक बालकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ। 

स्थानीय कुसुम यादवका ११ वर्षीय छोरा अशेष यादवको हत्या गरी घर नजिकैको कमला नहरको नर्सरीमा फालिएको अवस्थामा शव फेला परेको सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए। 

कात्तिक ३ गते घरैबाट हराएपछि परिवारले प्रहरीमा उजुरी दिएका थिए। परिवारको उजुरीपछि खोजतलासको क्रममा प्रहरीले आइतबार साँझ ७ बजेतिर बालकको टाउकोदेखि तलको भाग र आज बिहान टाउको फेला परेको प्रहरी उपरीक्षक कोइरालाले बताए। 

हत्याकाबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell