PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

सन्धिखर्कमा जिप दुर्घटना, एक जनाको मृत्यु



पहिलोपोस्ट

अर्घाखाँचीः सन्धिखर्क नगरपालिका जगातमा जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। 

गुल्मीको पुर्कोटदहबाट सन्धिखर्क हुँदै बुटवल गईरहेको लु १ च ६७६६ नम्बरको जिप नरपानी जगातको ढाडखोला नजिकै दुर्घटना हो। मृतक पुरुष रहेको र उनको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। 

घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको छ। जिप सडकबाट करिब एक सय मिटर तल खसेको थियो।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell