PahiloPost

Apr 3, 2026 | २० चैत्र २०८२

अमेरिकी रक्षामन्त्री एसिया भ्रमणमा निस्कदै, भ्रमणको मुख्य एजेण्डा उत्तर कोरिया



पहिलोपोस्ट

अमेरिकी रक्षामन्त्री एसिया भ्रमणमा निस्कदै, भ्रमणको मुख्य एजेण्डा उत्तर कोरिया
फोटो श्रोतः ndependent.co.uk

फिलिपिन्स :  अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले आफ्नो एसिया भ्रमणको प्रमुख प्राथमिकता उत्तर कोरियाको विषय हुने बताएका छन्। 

उत्तर कोरियाको आणविक परीक्षणका कारण पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा सुरक्षा चुनौती बढेकोले त्यस विषयमा एसियाली देशका रक्षामन्त्रीहरुसँग कुराकानी गर्ने उनले बताए। 

फिलिपिन्समा आयोजना गरिएको दक्षिणपूर्वी एसियाली रक्षामन्त्रीहरुको बैठकका लागि अमेरिकी रक्षामन्त्री म्याटिस यो हप्ता फिलिपिन्स जाँदै छन्। उनले बैठकमा दक्षिण कोरिया र जापानका रक्षामन्त्रीहरुसँग पनि छुट्टाछुट्टै वार्ता गर्दैछन्। 

उत्तर कोरियाको आणविक कार्यक्रमका कारण बढ्दो सुरक्षा चुनौतीका बीच यस क्षेत्रको सेनालाई कसरी सतर्क राख्ने तथा उत्तर कोरियाकाविरुद्धमा के कसरी लड्ने भन्ने बारेमा बैठकमा छलफल हुने जानकारी पनि उनले दिए। रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell