PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

आइएसआइएससँगको युद्धमा फिलिपिन्सको एक सहर ध्वास्त



पहिलोपोस्ट

आइएसआइएससँगको युद्धमा फिलिपिन्सको एक सहर ध्वास्त

 

क्लार्क :  इस्लामिक स्टेस्टसँगको पाँच महिना लामो युद्धले दक्षिण फिलिपिन्समा एक हजारको मृत्यु हुनुको साथै एक सहर पूर्ण रुपमा ध्वस्त भएको रक्षा मन्त्रालयले बताएको छ।

पछिल्लो समयमा युद्ध कम हुँदै गएको छ। यस अवसरमा रक्षा मर्न्त्रालयका प्रवक्ता लोरेन्जनले भने, 'हामी जानकारी गराउछौँ, अहिले लडार्इ केही कम भएको छ।', इस्लामिक स्टेटको एक समूहले सहरलार्इ आगो लगाएर ध्वस्त बनाएको उनले बताए।  

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुटेर्टेले आतङ्कवादीले दक्षिण फिलिपिन्समा कब्जा गर्न खोजे पनि नसकेको बताएका छन्।

युद्धबाट ग्रसित भएका चार लाख स्थानियवासी सो सहर छोडी विस्थापित भएका तथ्याङ सार्वजनिक भएको छ। एएफपी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell