PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

जापानवासी नेपालीलाई एनआरएन अध्यक्षको आग्रहः ‘उज्यालो नेपाल’ अभियानमा सहकार्य गरौं



पहिलोपोस्ट

जापानवासी नेपालीलाई एनआरएन अध्यक्षको आग्रहः ‘उज्यालो नेपाल’ अभियानमा सहकार्य गरौं

टोकियो : गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले उज्यालो नेपाल अभियानको सहकार्यमा सहभागी हुन जापानमा बसोबास गर्ने नेपालीलाई आग्रह गरेका छन्। 

भट्टको स्वागतमा एनआरएनए जापानका पदाधिकारीले आइतबार गरेको कार्यक्रममा दुई वर्षभित्र उज्यालो नेपाल बनाउन सहकार्य आवश्यक भएको भन्दै त्यस अभियानमा हातेमालो गर्न आग्रह गरेका हुन्। 

अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक जापान आएका भट्टले देश उज्यालो बनाउन २०० मेगावाट विद्युत्को आवश्यक रहेको र त्यो पूरा गरेरै छाड्ने प्रतिबद्धतासमेत जनाए। 


अभियान सफल बनाउन समस्या भए पनि स्पष्ट कार्यदिशा र समूह बनाएर चारैतिर खटिएको उनको भनाइ थियो। 

उनका अनुसार विदेशबाट कम्तीमा एउटा मात्र एलइडी बल्बको व्यवस्था गर्नसकिए एक करोड बल्ब विदेशबाट नेपाल पुग्ने र प्रत्येक घरबाट ३१ वाट विद्युत् बचत भई ३०० मेगावाट उत्पादन हुने छ।

कार्यक्रममा एनआरएनए जापानका पदाधिकारी र विभिन्न संघसंस्थाका पदाधिकारीले भट्टलाई खादा र दोसल्ला ओढाएर स्वागत तथा सम्मान गरेका थिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell