PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

गोरखा पुगेर नारायणकाजीले भने– भट्टराईको नेतृत्वमा समृद्धि आउँदैन, मेरो जित सुनिश्चित छ



पहिलोपोस्ट

गोरखा पुगेर नारायणकाजीले भने– भट्टराईको नेतृत्वमा समृद्धि आउँदैन, मेरो जित सुनिश्चित छ

गोरखा :  गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईको नेतृत्वमा देशमा समृद्धि नआउने दाबी गरेका छन्। 

गोरखा सदरमुकाममा आज आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले वाम गठबन्धनले कार्यकर्तामा उच्च मनोबल रहेको र कार्यदिशा स्पष्ट भएकाले आफूले निर्वाचन जित्ने दाबी गरे। 

श्रेष्ठले भने,‘बाबुरामजीलाई वाम गठबन्धनमा हामीले नै सामेल गरौँ भनेर सहभागी गराएका थियौँ। उहाँकै प्रवृत्तिले छाड्नुपरेको हो। नारायणकाजीले गर्दा उहाँ वाम गठबन्धनबाट बाहिरिएको भन्ने सत्य होइन।’ श्रेष्ठ र भट्टराई गोरखा २ बाट चुनावी प्रतिष्पर्धामा छन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell