PahiloPost

Aug 9, 2025 | २५ साउन २०८२

बलिउडमा बक्स अफिस भिडन्त, कुन फिल्मले कति कमायो?



पहिलोपोस्ट

बलिउडमा बक्स अफिस भिडन्त, कुन फिल्मले कति कमायो?

बलिउड अभिनेता आमिर खान निर्मित तथा स्टारर फिल्म 'सिक्रेट सुपरस्टार'ले बक्स अफिसमा अपेक्षित सुरुवात गर्न सकेको थिएन। प्रदर्शनमा आएको दिनदेखि फिल्मको व्यवसाय सुस्त रहेपनि यो साताको सुरुवातदेखि दर्शकको साथ मिल्दो छ। फिल्मले हालसम्म ३० करोड ७५ लाखको व्यवसाय गरेको छ।

प्रतिक्रियात्मक एवं समीक्षात्मक रुपमा भने फिल्मको 'वर्ड अफ माउथ' राम्रो गएको। टाइम्स अफ इन्डियामा दिइएको जानकारी अनुसार फिल्मले पहिलो दिन विहीबार चार करोड ७५ लाखको मात्र व्यवसाय गरेको थियो। त्यस्तै शुक्रबार ९ करोड र शनिबार साढे आठ करोडको व्यवसाय सिक्रेट सुपरस्टारले गरेको थियो। पहिलो साताको अन्त्यसँगै नयाँ साताको पहिलो दिन पनि फिल्मको कमाइ स्थिर रह्यो। फिल्मले आइतबार पनि साढे आठ करोड बराबारकै व्यवसाय गर्‍यो।

सिक्रेट सुपरस्टारसँगै प्रदर्शनमा आएको गोलमाल अगेनले पनि आमिर खानको फिल्मको कमाइमा असर गरेको छ। रोहित सेट्ठीको कमेडी जनराको फिल्मले पनि व्यवसायिक रुपमा राम्रो प्रदर्शन गरिरहेको छ। फिल्म विश्लेषक एवं वितरक तरण आदर्शका अनुसार फिल्मले दुई दिनमा ५८ करोड ५१ लाखको व्यवसाय गर्‍यो। गोलमाल फिल्म सिरिजको चौथो संस्करणले शुक्रबार ३० करोड १४ लाखको व्यापार गरेको थियो भने शनिबार २८ करोड ३७ लाख कमायो।
 

तुलनात्मक रुपमा सिक्रेट सुपरस्टारभन्दा गोलमाल व्यवसायिक रुपमा निकै अगाडी रहेको छ।

प्रदर्शनको तेस्रो सातामा रहेको 'जुड्वा २' त झन् यो वर्षको सर्वाधिक ग्रस कमाइ गर्ने दोस्रो फिल्मको लिस्टमा पुगेको छर बाहुबली २ पछि जुड्वा २ को कमाइ सर्वाधिक देखिन्छ। फिल्मले छोटो समयमै फिल्म 'रइस' र 'ट्वाइलेट एक प्रेमकथा'को रेकर्ड तोडेको छ। तरण आदर्शका अनुसार फिल्मले हालसम्म १३७ करोड ८१ लाखको व्यवसाय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell