
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष तीन देशका आवासीय र एक गैरआवासीय राजदूतले ओहदाको प्रमाणपत्र पेश गरेका छन्।
राष्ट्रपति भण्डारी समक्ष नेपालका लागि नर्वेका राजदूत लेस, जर्मनीका रोलान्ड, ईयूका भरोनिका र न्यूजिल्याण्डका गैरआवासीय राजदूत जोना म्यारीले ओहदाको प्रमाणपत्र पेश गरेका हुन्। त्यसअघि उनीहरुलाई लाजिम्पाटस्थित होटल सांग्रिलाबाट बग्गीमा राखेर शीतलनिवास पुर्याइएको थियो।