PahiloPost

Aug 9, 2025 | २५ साउन २०८२

पूर्वी जेरुसेलमबाट ५१ जना प्यालेस्टिनी पक्राउ



पहिलोपोस्ट

पूर्वी जेरुसेलमबाट ५१ जना प्यालेस्टिनी पक्राउ
फोटो श्रोत : hindustantimes.com

जेरुसेलम :  इजरायली प्रहरीले पूर्वी जेरुसेलममा आइतबार राति छापा मारी प्यालेस्टिनी स्वतन्त्रताका लागि हिंसात्मक विरोधका आन्दोलन चलाएको आरोपमा ५१ जनालाई पक्राउ गरेको इजरायली अधिकारीले जनाएका छन्। 
पूर्वी जेरुसेलमको इशावियाबाट प्यालेष्टिनी आन्दोलनकारी भएको अनुमानमा उनीहरूलाई प्रहरी नियन्त्रणमा लिइएको इजरायली प्रहरीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। उनीहरूले इजरायली प्रहरीमाथि विष्फोटक पदार्थ, ढुङ्गा तथा इट्टा प्रहरीमाथि प्रहार गरेको आरोपमा नियन्त्रणमा लिइएको हो। 
प्यालेष्टिनी युवाहरूले पूर्वी जेरुसेलमका केही भागमा इजरायली सुरक्षाकर्मीसँग लगातार हिंसात्मक गतिविधि गराइरहेको आरोप इजरायलको छ। रासस÷एएफ्पी 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell