PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

फिबा यू-१६ वुमन्स एसियन बास्केटबल : दोस्रो खेलमा नेपाल इरानसंग पराजित, आज श्रीलंकासंग खेल्ने



पहिलोपोस्ट

फिबा यू-१६ वुमन्स एसियन बास्केटबल : दोस्रो खेलमा नेपाल इरानसंग पराजित, आज श्रीलंकासंग खेल्ने

काठमाडौं : भारतमा भइरहेको फिबा यू-१६ वुमन्स एसियन बास्केटबल च्याम्पियनसिप-२०१७ मा नेपालले लगातार दोस्रो हार बेहोरेको छ।

पहिलो खेलमा भारतसँग पराजित भएको नेपाल दोस्रो खेलमा इरानसँग ८९-३२ ले पराजित भयो। चारवटै क्वाटरमा नेपाल इरानभन्दा पछि परेको थियो। इरानका लागि रोजिन तालाकोउबले सर्वाधिक १७ अंक स्कोर गरिन् भने नेपालकी निलम शेर्पाले ९ स्कोर गरिन्।

फिबाको कुनै पनि एसियन बास्केटबल च्याम्पियनसिपमा पहिलो पटक प्रतिस्पर्धा गरिरहेको नेपाली युवा महिला टोलीले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।

गरेको नेपाली यू-१६ महिला टोली भारत यू-१६ महिला टिमसँग पराजित भएको छ।

च्याम्पियनसिपको डिभिजन टू अन्तर्गत ग्रुप ए मा रहेको नेपालको दुई खेल हारेपछि जम्मा २ अंक छ। लगातार दुई खेल जितेको भारतको ४ अंक छ।

आगामी शनिबार (अक्टोबर २८) सम्म भारतको बेंगलुरुमा हुने प्रतियोगितामा नेपाल र आयोजक भारतसहित कूल १५ राष्ट्रका यू-१६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell