PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

प्रचण्डले भने– मधेसको अधिकारका पक्षमा लड्ने पार्टी माओवादी मात्रै हो



पहिलोपोस्ट

प्रचण्डले भने– मधेसको अधिकारका पक्षमा लड्ने पार्टी माओवादी मात्रै हो

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी जनताले क्रमशः माओवादी केन्द्र नै देशको एकता, आर्थिक समृद्धि र मधेसको अधिकारका पक्षमा लड्ने पार्टी भएको बुझ्दै गएको बताएका छन्। 

राष्ट्रिय जनता पार्टी (राजपा) सम्वद्ध तराई मधेश स्वयमसेवक संघका केन्द्रीय अध्यक्ष अजय पटेललगायतलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले माओवादी नै मेधसी जनताको अधिकार चाहने पार्टी भएको बताए।

उनले भने, ‘अन्ततः माओवादी नै देशको हित र मधेसीको अधिकार चाहने शक्ति भएको जनताले बुझ्दै गएका छन्। तपाइँहरुको माओवादी प्रवेशले राष्ट्रिय एकता बलियो बनाउन र परिवर्तनको पक्षमा अघि बढ्न थप बल मिलेको छ। आज पार्टीमा प्रवेश गर्ने साथीहरुलाई हामी उचित जिम्मेवारी दिनेछौं।’

कार्यक्रममा संघका अध्यक्ष पटेल, महासचिव अनिल कुशवाहा, नेपाल प्राध्यापक संघका नेता अर्जुन पटेल, तराई मधेस विद्यार्थी फन्टका नेता सन्देश पटेललगायतका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

उनीहरुलाई अध्यक्ष प्रचण्डले टीका लगाएर माओवादी केन्द्रमा प्रवेश गराएका थिए। कार्यक्रममा संघका अध्यक्ष पटेलले राजपाले मधेसका मुद्दा सत्ता स्वार्थसँग साटेको, मधेसी जनतालाई आन्दोलनका नाममा धोका दिएको, राष्ट्रिय एकता कमजोर बनाएकाले आफूले राजपा छोडेको बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell