PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

मलेसियाको पेनाङमा कामदार बोकेको बस ठोक्किएर दुर्घटना, ८ जनाको मृत्यु



पहिलोपोस्ट

मलेसियाको पेनाङमा कामदार बोकेको बस ठोक्किएर दुर्घटना, ८ जनाको मृत्यु
फोटो श्रोतः nst.com

मलेसिया : मलेसियाको पेनाङमा आज बिहान विदेशी कामदार बोकेका दुई बस एकआपसमा ठोक्किदा आठ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्। 

पेनाङको जुरु टोल प्लाजा नजिक आज बिहान साढे पाँच बजे बस ठोक्किएर दुर्घटना भएको हो। 

मृत्यु हुनेमा सबै महिलाहरु रहेका न्यू स्ट्रेट टाइम्सले जनाएको छ। दुर्घटनामा मृत्यु भएका नागरिकका बारेमा केही खुल्न सकेको छैन। घाइतेहरुको जया अस्पतालमा उपचार भइरहेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell