PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

चितवनलाई दृष्टिविहीनमुक्त बनाउन ‘आइ क्याप फोर चितवन’ अभियान सुरु



राजेन्द्र आचार्य

चितवनलाई दृष्टिविहीनमुक्त बनाउन ‘आइ क्याप फोर चितवन’ अभियान सुरु

चितवन :  जर्मन स्वयम्सेवी महिलाको पहलमा चितवन जिल्लालाई दृष्टिविहीनमुक्त बनाउने ‘आइ क्याप फोर चितवन’ अभियान सुरु गरिएको छ। 

पटक–पटक नेपाल घुम्न आएकी जर्मन स्वयम्सेवी काट्रियको पहल तथा सपोर्ट एण्ड केयर पुनःस्थापना केन्द्र रत्ननगर–९ को अगुवाइमा अभियान सुरु गरिएको हो। 

‘बिना दृष्टि अधूरो सृष्टि’ भन्ने मूल नारासहित परीक्षण परियोजनाका रुपमा जिल्लाका आठ ग्रामीण र विकटस्थलमा अभियानअन्तर्गत बृहत् निःशुल्क आँखा शिविर सुरु गरिएको छ। 

अभियान रत्ननगरका तीन स्थान, कालिका नगरपालिकाका दुई तथा भरतपुर महानगर, राप्ती नगरपालिका र माडी नगरपलिकाका एक एक स्थान गरी आठ स्थानमा शिविरमार्फत आँखाको परीक्षण सुरु गरिएको हो।

सोमबार रत्ननगरको जिरौनामा दुई सय ५६ जनाको आँखाको परीक्षण र समस्या देखिएकालाई उपचार गरेर अभियान सुरु गरिएको हो । अभियानअन्तर्गत पहिलो चरणमा जिल्लाका दुई हजार बढी व्यक्तिको आँखा परीक्षण गरिनेछ। 

एक दिन बिराएर आठ ठाउँमा पहिलो चरणमा शिविर गरिने छ। काट्रियले आफू नेपालका विभिन्न ठाउँमा घुम्न आएकामा सबैभन्दा धेरै चितवनमा आँखाका समस्या भएका बिरामी भेटेको भन्दै जर्मनीमा विभिन्न नागरिकबाट सहयोग तथा चन्दाबाट संकलित रकमबाट शिविर सुरु गरिएको जानकारी दिइन्। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell