PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

भक्तपुरमा आगो लगाई श्रीमान मारेको आरोपमा श्रीमती पक्राउ



पहिलोपोस्ट

भक्तपुरमा आगो लगाई श्रीमान मारेको आरोपमा श्रीमती पक्राउ

भक्तपुर :  कोठामा थुनेर आगो लगाई श्रीमानको हत्या गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले एक महिलालाई पक्राउ गरेको छ। 

सोमबार राति मध्यपुरथिमि नगरपालिका–६ पुराना ठिमीस्थित मैयाँ बुढाथोकीका घरमा डेरामा बस्दै आएका सिन्धुपाल्चोक सिपामंखा घर भएका ४० वर्षीय विदुर नेपालको जलेर मृत्यु भएको हो। 

प्रहरी अनुसन्धानबाट कान्छी श्रीमती माइत गएका बेलामा नेपालकी जेठी श्रीमती गीताले कोठामा आगो लगाइदिँदा जलेर उनको मृत्यु भएको खुलेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए। 

आफूलार्ई बेवास्ता गरेको र कान्छी श्रीमतीलाई सुखसयलले राखेको जनाई आवेगमा आएर गीताले श्रीमानलाई कोठामा राखेर आगो लगाई फरार भएको प्रहरीको भनाइ छ। 

अभियुक्त गीतालाई जगातीबाट पक्राउ गरी थिमि प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक प्रज्ज्वल महर्जनले जानकारी दिए। आगलागीमा परेका नेपालको उपचारका क्रममा मृत्यु भएको थियो।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell