PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

नेमकिपालाई एमालेको आग्रहः भक्तपुरमा मात्रै चुनावी तालमेल गरौं



पहिलोपोस्ट

नेमकिपालाई एमालेको आग्रहः भक्तपुरमा मात्रै चुनावी तालमेल गरौं

भक्तपुरः नेकपा एमालेले वाम गठबन्धनमा नआए पनि आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा भक्तपुरमा तालमेल गर्न नेपाल मजदुर किसान पार्टीलाई आह्वान गरेको छ। 

प्रेस चौतारी नेपाल भक्तपुरले आयोजना गरेको पत्रकार भेटघाटमा एमालेले नेमकिपालाई भक्तपुरमा भए पनि तालमेल गरेर निर्वाचनमा जान आह्वान गरेको हो। 

पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य सोम मिश्र, पूर्वमन्त्री महेश बस्नेत र एमाले जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले नेमकिपालाई चुनावी तालमेलका लागि  आह्वान गरेका हुन्। 

एमाले केन्द्रीय सदस्य मिश्रले देशलाई समृद्धितर्फ लैजान वाम गठबन्धन गरिएको बताउँदै नेमकिपा वाम पार्टी भएकाले गठबन्धनमै आउन आग्रह गरे। 

बस्नेतले भने,‘एमालेसँग चुनावी तालमेल गर्न नेमकिपासँग एमालेले पटक पटक आग्रह गरेको छ, अहिले पनि हामी तालमेलमा आउन आह्वान गर्छौँ।’

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा आफ्नो पहलमा पाँच अर्बको विकास बजेट भक्तपुरमा भित्र्याइएको जिकिर गर्दै बस्नेतले त्यो रकमले विकासका काम निरन्तर भइरहेको बताए। एमाले जिल्ला अध्यक्ष राजथलाले एमालेको आग्रह नेमकिपाका लागि अवसर भएको बताए।

यसअघि सोमबार नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पनि नेमकिपा अध्यक्ष नारायणमा बिजुक्छेसँग भेट गरी लोकतान्त्रिक गठवन्धनसँग चुनावी तालमेल गर्न आग्रह गरेका थिए।

तर अध्यक्ष विजुक्छेले आफ्नो पार्टी कुनै गठबन्धनसँग तालमेल नगरी एक्लै चुनावमा जाने बताएका थिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell