PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

दुई किलो सालकको खपटासहित धादिङबाट तीन जना पक्राउ 



पहिलोपोस्ट

दुई किलो सालकको खपटासहित धादिङबाट तीन जना पक्राउ 

काठमाडौं : प्रहरीले सालकको खपटासहित तीन जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आदमघाटबाट धादिङ गजुरीका झंकबहादुर अधिकारी, भीमबहादुर पण्डित र रामकाजी भुजेललाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरुको साथबाट दुई किलो दुई सय ग्राम सालकका खपटा बरामद गरेको छ। प्रहरीले उनीहरुलाई जिल्ला वन कार्यालय धादिङमा बुझाएको छ।

सालक साइटिस महासन्धी १९७५ को अनुसूची एकमा लोपोन्मूख प्रजातिको सूचीमा सूचीकृत छ। गैरकानूनी तरिकाले संरक्षित वन्यजन्तु सालक मार्ने, आखेटोपहार राख्ने, खरिद बिक्री गर्ने वा  ओसार पोसार गर्ने व्यक्तिलाई पाँच लाखदेखि दश लाख रूपैयाँसम्म जरिवाना वा ५ वर्षदेखि १५ वर्ष सम्म कैद वा दुवै सजाय हुने कानुनी प्रवधान छ  । 




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell